नियम २०
पुनरावेदन नगर्दाको कार्यविधि
(१) ऐनको दफा २४ बमोजिमको मुद्दामा कुनै अड्डा अदालतबाट भएको फैसला उपर सम्बन्धित मिसिल संलग्न कागजातबाट पुनरावेदन गर्नु पर्ने आवश्यक नदेखिएमा पुनरावेदन गर्नु नपर्ने कारण सहितको राय पुनरावेदन दायर गर्ने माथिल्लो सरकारी वकील कार्यालयमा पुनरावेदन म्याद सुरु भएको दश दिनभित्र पठाउनु पर्छ ।
(२) उपनियम (१) अन्तर्गत पुनरावेदन नगर्ने प्रस्ताव प्राप्त भएपछि माथिल्लो सरकारी वकील कार्यालयले पनि पुनरावेदन गर्नु नपर्ने वा उपयुक्त नहुने देखेमा निकासाको लागि महान्यायाधिवक्ता छेउ पेश गर्नेछ र भएको निकासाबमोजिम गर्ने गराउनेछ ।